२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको राष्ट्रपति कार्यलयले जनाएको छ । मंगलबार राष्ट्रपति कार्यलय सितलनिवासले एक विज्ञप्ती जारी गर्दै नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो ।

‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षणहरु भइसकेको र केहीको परीक्षण भइरहेको छ,’ राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यले भने ।

उनकाअनुसार एन्टिबायोटिक उपयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल देखिएका छन् । उनले राष्ट्रपतिको परिवारका सदस्यहरुलाई उदृत गर्दै सामान्य हिडडुल गर्न थालेको पनि उल्लेख गरेका छन् ।

६ बैशाखमा राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उनको पेट र छातीमा समस्या छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ