२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमआरआई मेसिन नहुँदा प्रसुति गृहबाट १ वर्षमा ४ हजार बढी बिरामी अन्यत्र ‘रेफर’

एमआरआई मेसिन नहुँदा प्रसुति गृहबाट १ वर्षमा ४ हजार बढी बिरामी अन्यत्र ‘रेफर’


काठमाडौं—परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले एमआरआई मेसिन अभाव हुँदा एक वर्षमा ४ हजारभन्दा बढी बिरामी अन्यत्र रेफर गरेको पाइएको छ । अस्पतालले आफ्नै एमआरआई मेसिन नहुँदा ४ हजार २ सय बिरामी अन्यत्र रेफर गर्नु परेको हो ।

महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा अस्पतालमा कम क्षमताको एक मात्र अल्ट्रासाउण्ड मेसिन रहेकोले रोगको निदान कठिनाई भइरहेको उल्लेख छ । ‘बिरामीले ३—४ घण्टासम्म प्रतीक्षा गर्नुपरेको, धेरै संख्याको स्क्यान गर्दा नतिजा फरक पर्ने गरकोलगायतका अवस्था छ,’ प्रतिवेदनमा छ, ‘अस्पतालले आवश्यक मेसिन उपकरणको व्यवस्थापन गरी सेवाग्राहीलाई सुलभ र सहज सेवा उपलब्ध गराउनुपर्दछ ।’

अस्पतालले पुनः सुचारु गरेको आईभीएफ सेवामार्फत गत वर्ष १९ जनालाई सेवा दिएको छ । महालेखाले अहिलेको संरचना र जनशक्तिबाट अस्पतालले ५० जनासम्मलाई उक्त सेवा दिन सक्ने जनाएको छ ।

‘अस्पतालबाट यो सेवा लिँदा २ लाख रुपैयाँ शुल्क लाग्ने र निजी क्षेत्रबाट दिँदा ५ लाखदेखि ७ लाखसम्म शुल्क लाग्ने देखिएको छ । अस्पतालले भौतिक पूर्वाधार र दक्ष चिकित्सकको व्यवस्था गरी सुलभ र सहज रुपमा सेवा संचालन गर्नुपर्दछ,’ प्रतिवेदनमा छ ।

अस्पतालबाट गत वर्ष १ लाख ९९ हजार ४९ जनाले बहिरंग र अन्तरंग सेवा लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ