२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको ९ महिनामा खर्च ३३%, पुजीगत १२%, तीन कार्यक्रम प्रगति ०%

स्वास्थ्य सेवा विभागको ९ महिनामा खर्च ३३%, पुजीगत १२%, तीन कार्यक्रम प्रगति ०%


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सबैभन्दा महत्वपूर्ण विभागको रुपमा रहेको स्वास्थ्य सेवा विभागको ९ महिनाको खर्च अत्यन्तै निराशाजनक पाइएको छ । विभाग र विभागअन्तर्गतका महाशाखाको चालु आर्थिक वर्षको ९ महिनाको खर्च विवरण हेर्दा कतिपय महाशाखाले एक रुपैयाँ पनि खर्च गर्न नसकेको देखिन्छ ।

चालु आर्थिक वर्षमा चालु तथा पुँजीगत गरी ४ अर्ब ४१ करोड ५० लाख ८१ हजार रुपैयाँ विनियोजन भएको थियो त्यसको जम्मा ३३ प्रतिशत मात्र खर्च भएको छ । खर्च भएको रकम पनि अधिकांश चालुतर्फ रहेको छ पुजीगततर्फ छुट्याइएको १९ करोड ६० लाखमा जम्मा २ करोड ४९ लाख रुपैयाँ बराबर मात्र खर्च भएको छ ।

चालु तर्फ पनि ४ अर्ब २१ करोड ९० लाख रुपैयाँमा १ अर्ब ४७ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल बजेटको ३४ प्रतिशत मात्र हो ।

विभागले उपलब्ध गराएको ९ महिनाको खर्चमा सबैभन्दा बढी नर्सिङ महाशाखाले ९८ प्रतिशत खर्च भएको देखाएको छ । जुन सामाजिक सुरक्षाअन्तर्गतको ३ लाख रुपैयाँ विनियोजन गरिएकोमा २ लाख ९४ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । तर, रमाइलो के छ भने सोही विषयमा अर्को शीर्षकमा रहेको ९ करोड ५८ लाख रुपैयाँमध्ये जम्मा ११ प्रतिशत मात्र खर्च भएको छ ।

नेपाल सरकारको आफ्नो खर्चसँगै दाताहरुको पैसा पनि विभागले खर्च गर्न सकेको छैन । दातृ निकायले सोझै भुक्तानी हुने रकममा केही खर्च भएतापनि नेपाल सरकारमा आएर गर्नुपर्ने खर्च भने हुन नसकेको देखिन्छ ।

विभागअन्तर्गतका तीन वटा कार्यक्रमको प्रगति ० प्रतिशत रहेको छ । ३ वटा कार्यक्रमको १० प्रतिशत मुनि देखिन्छ भने ३ वटाको २० प्रतिशत र ४ वटा कार्यक्रमको ३० प्रतिशतमाथि खर्च भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ