२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीको स्वास्थ्य मन्त्रालयले माग्यो ६३ कन्सल्ट्यान्ट चिकित्सकसहितका स्वास्थ्यकर्मी

लुम्बिनीको स्वास्थ्य मन्त्रालयले माग्यो ६३ कन्सल्ट्यान्ट चिकित्सकसहितका स्वास्थ्यकर्मी


काठमाडौं—लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न विधाका ६३ वटा विशेषज्ञ चिकित्सकसहितका कर्मचारी माग गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले विभिन्न विधाका ६३ कन्सल्ट्यान्टसहित ६९ स्वास्थ्यकर्मी माग गरेको हो ।

प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यलयहरुमा काम गर्ने गरी नवौं, आठौं र सातौ तहका चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको हो ।

करार सेवामा पदपूर्ति गर्ने गरी स्वास्थ्यकर्मी माग गरिएको हो । इच्छुकलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ