२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा

रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले रास्वपाका तीन जनालाई चिकित्सकलाई पाँच वटा विभागको जिम्मेवारी सुम्पेको छ ।

३६ वटा विभागको जिम्मेवारी बाँडफाँडमा पार्टीका महामन्त्री समेत रहेका डा. मुकुल ढकालले दुई वटा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई नीति तथा विचार विभाग प्रमुख र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्दा कार्कीले गुनासो व्यवस्थापन विभागको जिम्मेवारी पाएकी छन् । उनी रास्वपाबाट समानुपातिकमा प्रतिनिधीसभा सदस्य छन् ।

ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले पनि दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाएकी छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकूद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ