२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, एकापसमा अनुभव आदान–प्रदान

विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, एकापसमा अनुभव आदान–प्रदान


विराटनगर—नेपाल र भारतका वरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदान–प्रदान गरेका छन् ।

सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष वरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावि चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नोबेलको न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले न्यूरो सर्जरी विभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार बिरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरि घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरेका छन् । डा. सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिण पूर्वी एसियामै पहिलो पटक वि.सं. २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।

नोबेलको न्यूरो विभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माइक्रोस्कोप, थ्री टेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो इण्डोस्कोपी लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदैं आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि आउने गर्छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ