२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेलको उपचार लागेको खर्च आफै बेहोर्ने चाहना

राष्ट्रपति रामचन्द्र पौडेलको उपचार लागेको खर्च आफै बेहोर्ने चाहना


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार गराउँदा लागेको खर्च आफै बेहोर्ने चाहना व्यक्त गरेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपतिले नयाँदिल्लीमा उपचार गर्दा लागेको खर्च आफै बेहोर्ने चाहेको जानकारी दिए ।

‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ राष्ट्रपतिका प्रेस संयोजक कार्कीले जारी गरेको प्रेस नोटमा छ ।

६ बैशाखमा राष्ट्रपति पौडेल उपचारका लागि एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली गएका थिए । ११ दिन लामो समय एम्समा उपचार गरेर स्वास्थ्य स्थिती सुधार भएपछि पौडेल १७ गते साँझ स्वदेश फर्किएका थिए ।

राष्ट्रपति पौडेल भारत जानुअघि गत चैतमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । तर, त्यसको केही समयपछि बैशाख पहिलो साता उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

छाती र पेटको समस्या बल्झिएपछि उनी परिवारको सल्लाहअनुसार उपचारका लागि नयाँदिल्ली गएका थिए । तर, राष्ट्रपति नेपालमै हुने उपचारका लागि पनि विदेश गएको भन्दैं केही त्यसको आलोचना गरेका थिए ।

सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई उपचारका लागि लागेको खर्च आफै तिर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ