२०८१ वैशाख ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ


काठमाडौं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधीसभा सदस्यको सपथ लिएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव १० बैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा भने उनी सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

त्यसपछि बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको थियो । खाली क्षेत्रमा उम्मेदवार बनेर यादव प्रतिनिधीसभामा प्रवेश गरेका हुन् ।

तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकामा यसअघि चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसाद रवि लामिछाने र स्वर्णिय वाग्लेले भने शुक्रबार सपथ लिइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ