२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा

नर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा


काठमाडौं—बालाजुको बोहोराटारस्थित एक घरमा मृत भेटिएकी वीर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठका प्रेमी भनिएका डा. सुजन ढकाल प्रहरी नियन्त्रणमा आएका छन् । मंगलबार नेपाल प्रहरीको बालाजु वृत्तले डा. ढकाललाई नियन्त्रणमा लिएको हो ।

‘उहाँ हाम्रो नियन्त्रणमा आउनुभएको छ,’ बालाजु वृत्तका प्रमुख मन्जित कुँवरले हेल्थआवाजसँग भने, ‘हामीले थप अनुसन्धानहरु अगाडि बढाएका छौं ।’

शनिबार अनुमा डा. ढकालको घरको दोस्रो तलाको उनकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । ढकालको परिवारले घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले अनुमालाई सलले पंखामा झुण्डिएको अवस्थामा फेला पारेको थियो ।

अनुमाको परिवारले डा. ढकालको परिवारले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको भन्दै डा. ढकाल र उनका बुवा विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धि उजुरी प्रहरीमा दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ