२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको सपथ आज

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको सपथ आज


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेतको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । बिहीबार राष्ट्रपति कार्यलयमा स्वास्थ्य मन्त्री बस्नेतसहित नवनियुक्त अन्य दुई जना मन्त्रीको सपथ हुनेछ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै बस्नेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बस्नेत सिन्धुपाल्चोचक—२ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत ?

०३४ सालदेखि नेविसंघको हुँदैं राजनीतिमा आएका बस्नेत वि.सं. २०४८ सालमै सिन्धुपाल्चोक-१ मा उम्मेदवार बनेका थिए । वि.सं. २०५६ सालमा सिन्धुपाल्चोक १ मा एमाले उम्मेदवार अमृत बोहरालाई पराजित गर्दै संसद प्रवेश गरेका उनी वि.सं. २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

वि.सं. २०६४ सालमा पहिलो संविधानसभा सोही क्षेत्रबाट पराजित उनी दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदैं संविधानसभा सदस्य निर्वाचित भए ।

वि.सं. २०७४ मा सूचना तथा संचारमन्त्री बनेका उनी ०७९ मंसिरमा भएको प्रतिनिधीसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट एमाले उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।

बस्नेत वि.सं. २०१५ सालमा सिन्धुपाल्चोकको बाह्रबिसे—६ मा जन्मिएका हुन् । उनले राजनीतिकशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छ्न ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ