२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लाका ४८० जनामा हात्तीपाइले रोग परीक्षण

जुम्लाका ४८० जनामा हात्तीपाइले रोग परीक्षण


जुम्ला—जुम्लाका ४८० जना विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गरिएको छ । ३२ सामुदायिक विद्यालयका ४८० जना बालबालिकाको रगत परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लामा हात्तीपाइले रोग भए नभएको पत्ता लगाउन नमुना परीक्षण गरिएको हो । ‘३२ सामुदायिक विद्यालयका ४८० जना बालबालिकामा परीक्षण गर्ने लक्ष्य हो । लक्ष्य भन्दा पनि बढी बालबालिकालाई परीक्षण गरिएको छ,’ उनले भने, ‘परीक्षण गरिएका कुनै पनि बालबालिकामा हात्तीपाइले रोग देखिएको छैन । सबै जनाको रिपोर्ट नेगेटिभ नै आएको छ ।’

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाभित्र ५ वटा सामुदायिक विद्यालयका ८० जना बालबालिकालाई हात्तीपाइले रोग परीक्षण गरिएको हो । परीक्षण गरिएको कुनै पनि बालबालिकामा हात्तीपाइले रोग देखिएको छैन ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरेको हो ।

जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा हात्तीपाइले, औलो र कालाजारका बिरामी भए नभएको नमुना परीक्षण गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ