२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गरे पदभार ग्रहण

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गरे पदभार ग्रहण


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेका छन् । बिहीबार दिउँसो रामशाहपथस्थित मन्त्रालय पुगेर नवनियुक्त मन्त्री बस्नेतले पदभार सम्हालेका हुन् ।

राष्ट्रपति कार्यलयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै उनी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदबहाली गर्न मन्त्रालय पुगेका स्वास्थ्यमन्त्री बस्नेतलाई स्वास्थ्य सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईलगायतका स्वास्थ्यका कर्मचारीले स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ