२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीनै तहका अस्पतालहरुको अनुगमन गर्न अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन

तीनै तहका अस्पतालहरुको अनुगमन गर्न अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन

यी हुन् नयाँ स्वास्थ्यमन्त्रीका चार निर्णय


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तीन तहका अस्पतालहरुको उपचारात्मक सेवा तथा साधन स्रोतको अवस्था अनुगमन गर्नका लागि अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा समिति गठन गरेका छन् । बिहीबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै उनले अस्पतालहरुको समग्र पक्षको अनुगमन गरी प्रतिवेदन बुझाउन अतिरिक्त सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरेका हुन् ।

‘स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरु भइरहेको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोत, औजार उपकरणको अत्याधिक उपभोग भए नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने,’ मन्त्री बस्नेतले गरेको पहिलो निर्णयमा छ ।

अतिरिक्त सचिव संयोजक रहने उक्त समितिमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, उपचारात्मक महाशाखाका निर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक सदस्य रहनेछन् । यसैगरी, सदस्यसचिव  डा. गुणानिधी शर्मा छन् ।

यी हुन् नयाँ स्वास्थ्यमन्त्रीका चार निर्णय
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समयक्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेंगु तथा अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तह पारस्पारिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहको सरकारका साथै दातृ निकाय एवं संघसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्य उपचार विशेष कार्यक्रम संचालन गर्ने ।

२. स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिक समेत सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाइ स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमा सेवालाई थप व्यवस्थित प्रभावकारी विश्वसनीय बनाउने ।

३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवासुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने ।

४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरु भइरहेको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोत, औजार उपकरणको अत्याधिक उपभोग भए नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने

संयोजक—अतिरिक्त सचिव
सदस्यहरु
नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख
गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख
प्रशासन महाशाखा प्रमुख
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक
उपचारात्मक महाशाखाका निर्देशक
व्यवस्थापन महाशाखाका निर्देशक
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा
सदस्यसचिव -डा. गुणानिधी शर्मा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ