२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा

बलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा


काठमाडौं—बलिउडका चर्चित अभिनेता आमिर खान विपश्नाका लागि काठमाडौं आएका छन् । आइतबार विहान १० बजे उनी भिस्तारा एयरलाइन्सबाट नेपाल आएका हुन् ।

‘उहाँ शिविरका लागि आउनुभएको हो,’ ज्योति समूहका अध्यक्ष डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘शिविरको अवधि ११ दिन हुन्छ, उहाँ त्यतिन्जेल बस्नुहुन्छ ।’

आमिर नेपाल आइपुगेलगतै बुढानिलकण्ठस्थित विपश्ना केन्द्र पुगेका छन् । गजिनी, थ्री इटियटजस्ता चर्चित फिल्म बनाएका आमिर सन् २०१४ मा युनिसेफको दूतका रुपमा काठमाडौं आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ