२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिला स्वास्थ्य स्वयंसेविकाको माग : मासिक १० हजार प्रोत्साहन भत्ता

महिला स्वास्थ्य स्वयंसेविकाको माग : मासिक १० हजार प्रोत्साहन भत्ता

सोमबार प्रधानमन्त्रीलाई भेटेर सेवासुविधा बढाउन माग गर्ने


काठमाडौं—महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूले पाउँदै आएको स्वास्थ्य स्वयंसेविका भत्तासहितका अन्य सुविधा थप गर्न माग गरेका छन् । सेवा सुविधा थप हुनुपर्ने माग राख्दै महिला स्वास्थ्य स्वंसेविकाहरुले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

उनीहरुले यसअघि सबै स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र बुझाइसकेका छन् । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालको तर्फबाट तयार पारिएको ज्ञापन पत्रमा ११ बुँदे माग प्रस्तुत गरिएको छ ।

सो मागमा मासिक रुपमा १० हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनुपर्ने, यातायात खर्च एकमुष्ट वर्षमा २४ हजार रुपैयाँ पाउनुपर्ने, संचार खर्च वर्षमा एकमुष्ट १० हजार रुपैयाँ, आमा समूहको मासिक बैठक मासिक ७ हजार रुपैयाँ, खोपहरु संचालन भएको दिन स्वयंसेविकाहरुलाई १ हजार भत्ता हुनुपर्ने माग अगाडि सारेका छन् ।

त्यसैगरी, आवत जावत यातायातमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउनुपर्ने, महिलाहरुको लागि महिला पहिला कार्यक्रमको व्यवस्था गरिदिनुपर्ने, स्वयंसेवी स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बिमा गराउनुपर्ने माग छन् ।

६० वर्ष कटेका महिलालाई स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान स्वरुप एकमुष्ट १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, शैक्षिक योग्यताअनुसार तलबको व्यवस्था गर्नुपर्ने र आमा समूहबाट छनौट भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्थानीय तह वा प्रदेश सरकारले नियुक्ति दिने व्यवस्था मिलाउने माग राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ