२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब

विप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब


काठमाडौं—ग्याँस पडकिएर आगलागी भइरहेको घरमा फसेका वृद्ध दम्पत्तिको उद्धारमा मृत्यु भएका ललितपुरका विप्लव अधिकारीको सम्झनामा स्थापित अक्षय कोषलाई सांसद डा. तोषिमा कार्कीले एक महिनाको तलब प्रदान गरेकी छन् । अधिकारीले आगलागीमा फसेका दम्पत्ति बचाउँदा आफैं ज्यान गुमाएका थिए ।

ललितपुर महानगरपालिका—१४ का १९ वर्षीय अधिकारीको सम्झनामा उनका बुवाले स्थापना गरेको विप्लव अधिकारी स्मृति सदनको अक्षय कोषलाई उक्त रकम प्रदान गरेकी हुन् ।

‘विप्लवजस्ता सेवाभाव बोकेका युवाहरु असुरक्षित हुनु निकै दुःखद हो,’ उनले भनेकी छन्, ‘सुरक्षित उद्धार तथा आपत विपद व्यवस्थापन तालिम सन्चालन गर्न आफ्नो एक महिनाको तलब भत्ता स्वरुप प्राप्त रकम कोषलाई प्रदान गरेकी छु ।’

डा. कार्कीले ५२ हजार २५९.३० रुपैयाँ कोषलाई प्रदान गरेकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ