२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं—सर्वोच्च अदालतले घुस प्रकरणमा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठमाथिको कारवाही कार्यन्वय नगर्न अल्पकालीन अन्तरिक आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाले सांसदबाट हटाउन गरेको निर्णय तत्काल कार्यन्वय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसँगै छलफलका लागि रास्वपा र डा. श्रेष्ठ दुवैलाई बोलाएको छ । कास्कीका डा. श्रेष्ठ रास्वापाबाट प्रतिनिधीसभाका समानुपातिक सांसद हुन् ।

उनको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागि दुई करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । टेप सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद खारेज गर्न संसदमा खारेज गर्न सभामुखलाई आग्रह गरेको थियो भने पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टीको उक्त निर्णयप्रति असहमति जनाउँदैं डा. श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ