२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की

सूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की


काठमाडौं–आगामी वर्षको बजेटमा सूर्तिजन्य पदार्थमा ६५ प्रतिशतसम्म कर वृद्धि गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद प्रा. डा. चन्दा कार्कीले बताएकी छन् । संसदको शुन्य समयमा बोल्दै सांसद कार्कीले नेपालमा सूर्तिजन्य पदार्थमा करको दायरा अत्यन्तै न्यून रहेको भन्दै आगामी आर्थिक वर्षमा कम्तिमा ४० देखि ६५ प्रतिशतसम्म बढाउन माग गरेकी हुन् ।

उनले संसदमा बोल्दै सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा प्रत्येक वर्ष ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको भन्दै करको दायरा बढाएर खपतमा कम गर्नुपर्ने बताएकी हुन् । उनले सूर्तिसेवनका कारण फोक्सोको क्यान्सर, फोक्सो तथा मुटुका रोग लाग्ने तथ्य प्रमाणित रहेको बताइन् ।

यसरी सूर्तिजन्य पदार्थका कारण हुने रोकका कारण सन् २०२१÷०२२ मा मात्र देशमा ४० अर्बको क्षति भएको दावी गरिन् ।

दक्षिण एसियाली देशहरुमा सूर्तिजन्य पदार्थको कर निर्धारणमा नेपाल सबैभन्दा कम रहेको समेत तथ्य प्रस्तुत गरेकी थिइन् । ‘हाम्रो कुल राजस्वमा सूर्तिजन्य पदार्थबाट प्राप्त राजश्वको अन्तः शुल्कबाट उठने परिणामको २ दशमलव ४ प्रतिशत मात्र रहेको छ,’ उनले भनिन्, ‘जबकी दक्षिण एसियाली देशहरुमा कुल करको ९ दशमलव ५ प्रतिशत रहेको छ । भारतमा १० प्रतिशत रहेको छ ।’

प्रत्येक वर्ष ४० देखि ६५ प्रतिशतको क्रममा राजस्व बढाएर भारतको बराबर बनाउनुपर्ने धारणा उनले राखेकी थिइन् । ‘४० प्रतिशतले कर वृद्धि गरेमा हालको राजश्वभन्दा ८ दशमलव ७ अर्बदेखि १० दशमलव ७ अर्ब राजस्व वृद्धि हुन्छ,’ उनको दावी छ, ‘यसो गरे सूर्तिजन्य पदार्थको खपत ६ प्रतिशतले कमी हुन आउँछ ।’

नेपालमा ३२ प्रतिशत मानिस सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ