२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटोपबहादुरले संसद सचिवालयलाई बिरामी भएको पत्र पठाए

टोपबहादुरले संसद सचिवालयलाई बिरामी भएको पत्र पठाए


काठमाडौं—नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी खोजीमा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद सचिवालयलाई पठाएका छन् । संसद सचिवालय स्रोतकाअनुसार उनले आफू बिरामी भएकाले अस्पतालमा भर्ना भएको व्यहोरासहितको पत्र संसद सचिवालयलाई पठाएका छन्

अर्घाखाँचीबाट प्रतिनिधीभासमा निर्वाचित सांसद रायमाझीले इमेलमार्फत पत्र पठाएका हुन् । ‘उहाँले आफू बिरामी भएर अस्प्तालमा भर्ना भएकाले विदा मागेको ब्यहोराको इमेल आएको छ,’ स्रोतले भन्यो, ‘तर, अहिलेसम्म त्यो दर्ता भएको छैन ।’

नक्कली भुटानी शरणार्थीमा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले उनलाई खोजी गरिरहेको छ । उनी पछिल्ला केही दिनदेखि फरार रहेका छन् ।

एमालेले भने उनलाई मंगलबार पार्टी सचिवबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई अनुसन्धान नटुंगिदासम्मका लागि निलम्बन गरिएको जानकारी दिएका छन् ।

हाइप्रोफाइलहरु जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण मंगलबार पक्राउ परेका छन् । प्रहरीले यो प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ