२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ’

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ’


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा संवाददाताहरुसँगको अन्तक्रियामा उनले सूर्तिजन्य पदार्थमा अन्त्यन्तै कम कर भएकाले त्यसलाई बढाउनुपर्नेमा जोड दिएका हुन् ।

‘सूर्तिजन्य पदार्थमा कर अत्यन्तै कम छ, कर बढाउँनुपर्छ,’ उनले भने, ‘सूर्तिजन्य पदार्थ नखाए स्वास्थ्य जोगिन्छ । खाए राज्यलाई ट्याक्स बढ्छ ।’ बस्नेतले अर्थतन्त्र बिग्रिएका बेला सूर्तिजन्य पदार्थमा कर बढाउने उपयुक्त उपाय भएको बताए ।

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ६ प्रतिशत घटेको बताउँदैं समग्रमा स्वास्थ्यमा ४० प्रतिशत बजेट घटेको बताए । ‘समग्र स्वास्थ्यको ४० प्रतिशत बजेट घटेको छ,’ उनले भने, ‘म मन्त्री भएर आएको कम समय भएकाले बजेटका बढाउनका लागि पहल गर्ने समय कम भयो ।’

उनले सरुवा रोगमा विदेशी संस्थाले पनि सहयोग गरेको बताउँदैं नसर्ने रोगको लागि आफ्नै बजेट मिलाउनुपर्ने भएपछि त्यो गाह्रो भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ