२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपानीपोखरीमा शुक्रा डाइग्नोष्टिक सुरु

पानीपोखरीमा शुक्रा डाइग्नोष्टिक सुरु


काठमाडौं-शुक्रा हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टर शनिबारबाट औपचारिक रुपमा सेवा सुरु गरेको छ । काठमाडौंको पानीपोखरीमा रहेको सो सेन्टरको प्रतिनिधिसभाका सांसद डा. स्वर्णिम वाग्लेले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

समारोहमा डा. वाग्लेले शुक्राले सेवा आरम्भ गरेसँगै परीक्षणको लागि विदेशमा गइरहेको नमुनाहरु यही रोकिएर विदेशिने मुद्रा रोकिनेमा विश्वस्त रहेको बताए । उनले गुणस्तरीय सेवा नेपालमा नै पाए नेपालीहरु विदेश जाने वातावराण कम हुने उनको भनाइ थियो । उनले गुणस्तरीयता कायम गर्दै सबै वर्गका मानिसले सेवा पाउने गरी शुक्राले सेवा दिनपर्ने सुझाव दिए ।

शुक्राका प्रबन्ध निर्देशक डा. राकेश शाहले आफूहरु नाफा कमाउने उद्देश्यले भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ आएको बताए । उनले १ सय ५० चिकित्सक तथा सामाजिक क्षेत्रमा लागेका मानिसहरुको सामूहिक लगानीमा शुक्रा सुरु भएको जानकारी दिए ।

ल्यावमा ल्याएका उपकरणहरु विश्वस्वस्तरीय उपकरणहरु रहेको र ती उपकरणले एक घण्टामा नै ८ सयभन्दा बढी वायोकेमिकल परीक्षण गर्न सकिने जानकारी दिइएको थियो । साथै, विभिन्न खालका क्यान्सर रोग तथा बंशाणुगत रोगहरुको पहिचान गर्न गरिने परीक्षण पनि गर्न सकिने उपकरण भित्र्याइएको डा. शाहले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ