२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्षयरोगमा डा. प्रज्वल, राष्ट्रिय एड्स तथा यौन रोगमा डा. ठाकुर

क्षयरोगमा डा. प्रज्वल, राष्ट्रिय एड्स तथा यौन रोगमा डा. ठाकुर


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. प्रज्वल श्रेष्ठलाई दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिएका हुन् ।

केन्द्रकी तत्कालीन निर्देशन रिता जोशीले अवसका पाएपछि लामो समयदेखि केन्द्र निर्देशकबिहीन थियो । केन्द्रको नयाँ निर्देशक बनेका डा. श्रेष्ठ वीर अस्पतालका चिकित्सक हुन् ।

मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. संजयकुमार ठाकुरलाई दिएको छ । केन्द्रकी निर्देशक डा. सुधा देवकोटा कोशी प्रदेशको स्वास्थ्य सचिव बनेपछि केन्द्रको निर्देशक पद खाली थियो ।

डा. ठाकुरलाई वीर अस्पतालबाट केन्द्रमा सरुवा गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ