२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गर्दै संशोधन दर्ता

४ अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गर्दै संशोधन दर्ता


काठमाडौं—लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरी थप अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गर्दै संशोधन दर्ता गराएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्दै उनले थप ४ वटा अस्पताललाई शिक्षण अस्पतालमा रुपमा विकास गर्न माग गरेका हुन् ।

‘चिकित्सा शिक्षालाई सर्वसुलभ हुने जनशक्ति तयार गर्नका लागि, देशलाई चाहिने चिकित्सा जनशक्ति र अन्यत्र देशमा पठाउनलाई पनि शिक्षित चिकित्सा जनशक्ति तयार गर्न नेपाल प्रहरी अस्पताल, सशस्त्र, निजामति र तिलगंगा आँखा अस्पताललाई पनि शिक्षण अस्पतालका रुपमा विकास गरियोस् भन्ने संशोधन दर्ता गराउन चाहन्छु ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की स्वास्थ्यका विषयहरुमा नीति निर्माण गर्दा विज्ञहरुसँग छलफल गर्नुपर्ने बताइन् । ‘नीति तथा कार्यक्रममा स्वास्थ्यका क्युरेटिभ कुरा मात्रै धेरै प्रिभेटिभ कुरा राखिएको छैन,’ उनले भनिन् ।

उनले अहिले आएको स्वास्थ्य नीतिमा पनि आफूलाई चित्त नबुझेको बताइन् । सांसद कार्कीले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशको माग छुट्याएर नै कार्यक्रम राख्न माग गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ