२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी मेडिकल कलेजहरुको माग, ‘दुई सेसन पढाउन देउ, हामी तयार छौं’

निजी मेडिकल कलेजहरुको माग, ‘दुई सेसन पढाउन देउ, हामी तयार छौं’


काठमाडौं–निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजले आफूहरुलाई वर्षको दुई सेसनमा विद्यार्थी भर्ना गरी अध्ययन गराउन दिन सरकारसँग माग गरेको छ ।

आइतबार एसोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रबहादुर कार्कीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेपालका मेडिकल कलेजहरु दुई शैक्षिक सत्र संचालन गर्न भौतिक, प्राविधिक र जनशक्तिका हिसाबले पर्याप्त रहेको बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०७९/२०८० को बजेट वक्तव्यमा चिकित्सा शिक्षा अध्ययनका लागि वर्षमा २ शैक्षिक सत्र बनाउने घोषणा गरेको थियो । तर, हालसम्म यो विषयमा कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।

विज्ञप्तीमा नेपालमा मेडिकल शिक्षाको लागि राम्रो अवसर भएतापनि राज्यले अवलम्बन गरेको नीतिका कारण धेरै विद्यार्थी विदेशीनु परेको उल्लेख छ । चिकित्सा शिक्षा आयोगको भर्ना प्रक्रिया झन्झटिलो भएको, एमबीबीएसमा १००, बिडिएसमा ५० र नर्सिङ्गमा ४० जनाको कोटा प्रणाली अवैज्ञानिक भएको विज्ञप्तीमा उल्लेख छ ।

एसोसिएसनले निकालेको विज्ञप्तीमा सरकारले सही निति लिएर सोही अनुसारको वातावरण मिलाउने हो भने छिमेकी मुलुक भारतबाट धेरै विद्यार्थी ल्याउन सकिने र ती विद्यार्थीबाट वैदेशिक मुद्रा भित्र्ने उल्लेख छ । चिकित्सा शिक्षा आयोगको बैठकले विदेशी विद्यार्थीको सिट संख्या बढाएर विदेशी मुद्रा बढाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ