२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगञ्ज मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. आलम एक हप्ता निलम्बन

नेपालगञ्ज मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. आलम एक हप्ता निलम्बन


काठमाडौं–अस्पतालमा आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलले नेपालगञ्ज मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई ७ दिन निलम्बन गरेको छ ।

शुक्रबार बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले डा. आलमले आकस्मिक उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी उपचार गर्न नसक्ने भन्दै अन्त लैजान सुझाव दिएको पाइएको हो ।

बाँकेकी भावना थापाको नवजात शिशुमा ओमफालोसेली (पेटको आन्द्रामा) समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डा. आलमले शल्यक्रिया गरेका थिए । शिशुका अभिभावकले नेपालगञ्जमा गरेको उपचारमा चित्त नबुझेपछि कान्ति अस्पताल ल्याएर थप उपचार गराएका थिए । सोही क्रममा बिरामीका आफन्तले नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्दा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए । तर, काउन्सिलले उपचारका क्रममा लापरवाही नभएको छानविन समितिले प्रतिवेदन दिएको थियो ।

कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि पुनः बच्चामा जटिलता आएपछि अभिभावकले नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए । आकस्मिक कक्षमा भर्ना भएका शिशुलाई डा. अलामले आफूले उपचार नगर्ने बताएपछि परिवारले काठमाडौं ल्याउने तयारी गरेको थियो । तर, सोही दिन बालकको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि परिवारले मेडिकल काउन्सिलमा डा. आलम विरुद्ध उजुरी गरेका थिए ।

काउन्सिल स्रोतका अनुसार छानविनका क्रममा आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको देखिएको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिल स्रोतले भन्यो, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’

सुरुमा डा. आलमले काउन्सिललाई आफूले बालकको इमर्जेन्सी उपचार गरेको बयान दिएका थिए । तर, काउन्सिलले छानविनमा उनी दोषी देखिएपछि कारवाहीमा परेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ