२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री दाहाल

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री दाहाल


काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् ।सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री दाहाल सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहाल चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहाल चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री दाहालले भने, ‘कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको समेत बताए ।

´देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत समग्र अवस्था जस्तो छ, त्यसको प्रतिबिम्ब सबै क्षेत्रमा पर्नु स्वभाविकै हो । स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा हो । यहाँ पनि ती समस्याको प्रतिबिम्बन भएको छ । जसरी अरु क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था छ, गुणात्मक सफाई नै गर्नुपर्ने आवश्यकता छ,’ दाहालले भने ।

बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरुले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ