२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाराजगन्ज नर्सिङ क्याम्पसकी प्रमुखले ११ लाख* आफ्नो खातामा ट्रान्सफर गरेको भन्दैं अख्तियारमा उजुरी

महाराजगन्ज नर्सिङ क्याम्पसकी प्रमुखले ११ लाख* आफ्नो खातामा ट्रान्सफर गरेको भन्दैं अख्तियारमा उजुरी


काठमाडौं—नेकपा एमाले निकट अनेरास्ववियुले महाराजगन्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा. मुना राना विरुद्ध अख्तियारमा उजुरी दिएको छ । मंगलबार अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको ११ लाख ७४ हजार रुपैयाँ व्यक्तिगत खातामा ट्रान्सफर गरेर व्यक्तिगत लाभ लिएको भन्दैं अख्तियारमा उजुरी दिएको हो ।

अनेरास्ववियुले आफ्नो व्यक्तिगत खातामा ठूलो रकम ट्रान्सफर गरेर सार्वजनिक संस्थालाई हानी पु¥याउने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ विपरितको कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही गर्न उजुरीमा माग गरेको छ ।

अनेरास्ववियुले प्रा. रानाले क्याम्सको हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाता नं. ००२०५६९३६७००१३ बाट सोही बैंकको आफ्नो व्यक्तिगत खाता ००२००५६००८००१७ मा रकम ट्रान्सफर गरेको दावी गरेको छ । यस विषयमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डिन कार्यलयमा उजुरी दिंदा समेत चासो नदेखाएको दावी उसको छ ।

यस विषयमा हेल्थआवाजले क्याम्पस प्रमुख प्रा. रानाको प्रतिक्रिया लिने हेल्थआवाजको प्रयास सफल हुन सकेन् ।

*यसअघि शीर्षकमा भुलवस १६ लाख हुन गएकोमा सच्चाइएको छ । (सं.)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ