२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पतालले दियो एक वर्षमा उपचारमा १० करोड ५० लाख रुपैयाँ छुट

सिभिल अस्पतालले दियो एक वर्षमा उपचारमा १० करोड ५० लाख रुपैयाँ छुट


काठमाडौं—मीनभवनस्थित सिभिल सर्विस अस्पतालले एक आर्थिक वर्षमा १० करोड ५० लाख रुपैयाँ छुट दिएको छ । अस्पतालले कर्मचारी, पूर्व कर्मचारी र कर्मचारीका परिवारलाई १० करोड ५० लाख रुपैयाँ बराबरको छुट सुविधा उपलब्ध गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलकाअनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पताल भएको सेवा प्रवाहमा १० करोड ५० लाख रुपैयाँ छुट दिएको हो । ‘हामीले गत आर्थिक वर्षमा अस्पतालबाट प्रदान हुने सेवामा १० करोड ५० लाख छुट दिएका छौं,’ उनले भने ।

अस्पतालले अधिकृत र त्यसभन्दा उच्च तहका कर्मचारीलाई उपचार तथा अन्य परीक्षण सेवामा ४० प्रतिशत छुट दिदैं आएको छ । अधिकृतभन्दा तल्लो तहका कर्मचारीले भने अस्पतालबाट उपचार सेवामा ५० प्रतिशत छुट पाउँदैं आएका छन् ।

अस्पताल प्रशासनकाअनुसार रिटायर्ड कर्मचारीले पनि सेवामा ५० प्रतिशत छुट पाइरहेका छन् । अस्पतालले कर्मचारीका परिवारलाई पनि सेवामा छुट दिदैं आएको छ ।

दैनिक ८ सयदेखि १२ सयजनासम्म बिरामीलाई ओपीडी सेवा दिदैं आएको अस्पताल काठमाडौंका ठूला प्रमुख सरकारी अस्पतालमध्येमा पर्छ । अस्पतालमा अहिले १३२ शैय्या संचालनमा रहेको छ । असारभित्र अस्पताललाई स्तरोन्नती गरेर ३०० शैय्या संचालनमा ल्याउने तयारी अस्पतालले गरिरहेको छ ।

यसबाहेक एमआरआई सेवा, रेडियोथेरापी सेवा अस्पतालले सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ भने हेमोडाइलाइसिस सेवाका लागि पहल भइरहेको डा. पौडेलले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ