२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोग आएपछि मेडिकल एजुकेशन ध्वस्त भयो : उपेन्द्र यादव

चिकित्सा शिक्षा आयोग आएपछि मेडिकल एजुकेशन ध्वस्त भयो : उपेन्द्र यादव


काठमाडौं—जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधीसभामा सांसद उपेन्द्र यादवले चिकित्सा शिक्षा आयोग आएदेखि मेडिकल एजुकेशन ध्वस्त भएको बताएका छन् । बुधबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले आयोग आएदेखि मेडिकल एजुकेशन र मेडिलक इन्स्टिच्युसनहरु ध्वस्त भएको बताए ।

‘बुँदा १३१ हामीले चिकित्सा शिक्षा आयोगको कुरा गरेका छौं । चिकित्सा शिक्षा आयोग आएदेखि मेडिकल एजुकेशन र मेडिकल इन्स्टिच्युटसन ध्वस्त हुँदैं गएका छन्,’ उनले भने, ‘अब यो छाता ऐन ल्याएर त्यसलाई अझ बर्बाद गर्ने, त्यसलाई माफीयाकरण गर्ने कार्य हुन्छ । यो नगरौं प्रधानमन्त्रीज्यू । सम्मानीय सभामुखमार्फत म सरकारलाई भन्न चाहन्छु यो काम नगरौं ।’

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई छाता ऐनमार्फत सम्बोधन गर्ने प्रयास गरिरहेका बेला यादवले त्यसो नगर्न सुझाव दिएका हुन् । उनले प्रतिष्ठानहरुलाई अलिकति स्वायत्तता पनि दिनुपर्नेमा जोड दिए । ‘अलिकति स्वायत्तता दिएमात्रै अगाडि बढ्न सक्छन्,’ उनले भने ।

यादवले गुणस्तरी शिक्षा र सबैको लागि शिक्षा शिक्षामा भइरहेको माफियाकरण, ब्यापीकरण र निजीकरणलाई रोकेर सार्वजनिक विद्यालयहरुलाई प्रोत्साहन नगरेसम्म सम्भव नहुने धारणा राखे । उनले संघीय शिक्षा ऐनमा कुलपतिको व्यवस्था गर्न पनि माग गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ