२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

औषधि व्यवस्था विभागमा ढकाल र ट्रमामा डा. बद्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ विभाग तथा महाशाखाका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बुधबार मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै  ९ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालय उच्चस्रोतकाअनुसार औषधि व्यवस्था विभागमा नारायण ढकाललाई लगेका छन् । विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला पठाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा लगेका छन् भने ट्रमामा निमित्त मेसु बनाएर अर्थोपेडिक सर्जन डा. बद्री रिजाललाई जिम्मेवारी दिएका छन् ।

राष्ट्रिय तालिम केन्द्रमा केही समयअघि कोशी प्रदेशको सचिवबाट फिर्ता आएका डा. अनुज भट्टचनलाई लगेका छन् । परोपकार प्रसुति गृहमा डा. श्री अधिकारीलाई निर्देशक बनाइएको छ ।

तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतम, परोपकार प्रसुति गृहका निर्देशक डा. पवनजंग रायामाझी र इडिसिडीका निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालय तानिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ