२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन

बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन


जनकपुरधाम—कन्सल्ट्यान्ट सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन भएको छ । शुक्रबार विहान डा. झाको भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

‘उहाँ (डा. रनधीर)को आज विहान नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको हो,’ डा. रणधीर संचालक रहेको हनुमन्त अस्पतालका कर्मचारी विकास धितालले भने, ‘आज विहान बित्नुभएको खबर हामीले पाएका छौं ।’

बरहथवामै अर्को हस्पिटल संचालन गरिरहेका डा. सुनिल यादवले डा. झा एक महिनादेखि उपचारमा रहेको बताए । ‘उहाँ एक महिनादेखि दिल्लीमा उपचारमा रहनुभएको थियो,’ उनले भने, ‘उहाँमा लिभरको समस्या थियो । आज विहान बित्नुभएछ ।’

सन् २०१९ बाट डा. झाले आफ्नै नेतृत्वमा सर्लाहीको बरहथवामा हनुमन्त अस्पताल संचालनमा ल्याएका थिए । जण्डिसको समस्याबाट पीडित उनी उपचारका लागि एक महिनाअघि भारतको नयाँदिल्ली पुगेका थिए ।

वीरगन्जस्थित नेपाल मेडिकल कलेजबाट उनले जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेका थिए । डा. झाले एमबीबीएस भने चीनको छियाङ जियोटोङ युनिभर्सिटीबाट गरेका थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ