२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न डा. संगीता र डा. विकासबीच ‘टक्कर’

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न डा. संगीता र डा. विकासबीच ‘टक्कर’

सुर्खेतमा उपप्रधानमन्त्री पूर्णबहादुरले डा. विकासलाई भने, ‘डिजीका लागि वेष्ट अफ लक’


काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न लागि स्वास्थ्य मन्त्रालयका दुई अतिरिक्त सचिव डा. संगीता मिश्रा र डा. विकास देवकोटाबीच रस्साकस्सी चलिरहेको छ । विभागको महानिर्देशक बन्ने रस्साकस्सीकै बीच उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले डा. देवकोटालाई नयाँ महानिर्देशकका लागि ‘ग्रीन सिग्नल’ दिएका छन् ।

सुर्खेत पुगेका उनी आइतबार विहान उपप्रधानमन्त्री खड्कालाई भेट्न उनको निवास पुगेका थिए । भाइ बुहारीको निधनका कारण शोकमा रहेका खड्कालाई भेट्न पुगेका डा. देवकोटालाई उपप्रधानमन्त्री खड्काले ग्रीन सिग्नल दिदैं भने, ‘डिजीका लागि वेष्ट अफ लक ।’ डा. देवकोटा शोकका रहेको खड्का परिवारलाई सान्तवना दिन सुर्खेत पुगेका हुन वा अर्को कुनै कार्यक्रममा पुगेका बेला त्यहाँ पुगेका हुन भन्ने खुलेको छैन ।

यसअघि डिजीका लागि उपप्रधानमन्त्री खड्काका भाइ तथा सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई दाबेदार रुपमा हेरिएको थियो । तर, डा. खड्का र डा. देवकोटाबीच भर्खरै जेनेभामा सम्पन्न भएको विश्व स्वास्थ्य संगठनको महासभामा गएका बेला  ‘भद्र सहमति’ भएको हुन सक्ने जानकारहरु बताउँछन् ।

‘उहाँलाई विभागको महानिर्देशक बनाउनकै लागि काठमाडौं सरुवा गर्न खोजिएको थियो । त्यही कारण महानिर्देशक बन्नका लागि उहाँ दौडमा रहेको चर्चा पनि चल्यो,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर, जेनेभा भ्रमणपछि डा. देवकोटा सम्भावना बढेको छ । उहाँहरुबीच केही समझदारी बनेको हुनुपर्छ ।’

महानिर्देशकबाट डा. खड्का ब्याक भएपनि डा. देवकोटाका लागि डा. संगीता प्रमुख चुनौती बनेकी छन् । उनले आफू डा. देवकोटाभन्दा पहिले अतिरिक्त सचिव भएको, महिला, मधेशी र कार्यसम्पादनमा पनि अब्बल रहेका कारण महानिर्देशक बन्नुपर्ने बलियो दाबेदारी स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्वसँग प्रस्तुत गरिरहेकी छन् ।

डा. संगीतालाई विभागको महानिर्देशक बनाउनका लागि मन्त्रालयको प्रशासनिक नेतृत्वको पनि जोडबल रहेको बताइन्छ ।

कांग्रेसनिकट मानिने डा. देवकोटा हालका एमाले महासचिव तथा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको रोजाइमा लुम्बिनीको प्रदेशको स्वास्थ्य सचिव बनेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ