२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई

एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई


काठमाडौं—नेकपा एमालेले स्वास्थ्य फाँट इन्चार्जको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । १९ जेठमा बसेको एमाले सचिवालय बैठकले एमाले स्वास्थ्य फाँटको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री रहेका श्रेष्ठलाई दिएको हो ।

स्वास्थ्य फाँटको इन्चार्ज रहेको श्रेष्ठले एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखका रुपमा विभागीय नेतृत्व समेत गर्नेछन् ।

यसअघि स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारी सचिव योगेश भट्टराईले सम्हालेका थिए । नयाँ कार्यविभाजनअनुसार भट्टराईले मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

श्रेष्ठले २०७८ असारपछि केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी काठमाडौं ९ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् ।

वि.सं. २०१५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी वि.सं. २०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै त्यसपछि मूलधारको राजनीतिमा आएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ