२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा

स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय, विभाग र अस्पतालहरुमा दरबन्दी रहेका प्रशासनतर्फका २ दर्जन कर्मचारी फेर्ने गृहकार्य अगाडि बढाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार उपसचिवदेखि सुब्बासम्मका २ दर्जन कर्मचारीलाई फेर्न मन्त्री स्वयंमले गृहकार्य अगाडि बढाएका हुन् ।

मन्त्री बस्नेतले आफ्नो सचिवालयलाई पनि वाइपास गरेर पार्टीभित्रको आफ्नो ‘कोर टिम’मार्फत स्वास्थ्यबाट अन्य पठाउने कर्मचारीको नाम लिष्ट तयार पारिरहेका छन् । सामान्य मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्यबाट फेर्ने कर्मचारीहरुको पहिलो लिष्ट सामान्यमा आइसकेको छ ।

‘उहाँले आधा दर्जनभन्दा बढी स्वास्थ्यका कर्मचारी फेर्ने प्रस्ताव सामान्यमा आइसकेको छ,’ सामान्य स्रोतले भन्यो, ‘थप कर्मचारीलाई पनि स्वास्थ्यमा फेर्ने गृहकार्य भइरहेको सुनेका छौं । अन्य मन्त्रालयबाट स्वास्थ्यमा जान चाहेका केही कर्मचारीहरु स्वास्थ्यमन्त्रीको हवाला दिदैं सरुवाका लागि धाइरहनुभएको छ ।’

यसअघिका स्वास्थ्यमन्त्रीहरुले मन्त्रालयका महत्वपूर्ण निकाय, विभाग, केन्द्र तथा अस्पतालाहरुको नेतृत्वमा फेर्दै आएका थिए । तर, प्रशासनतर्फ भने एकाध कर्मचारी फेर्ने गरेपनि एकै पटक यति ठूलो संख्यामा कर्मचारी फेर्ने गरेका थिएनन् ।

तर, मन्त्री बस्नेतले आफूलाई काम गर्न सहज हुने गरी पार्टीप्रति निकट रहेका कर्मचारीलाईहरुलाई स्वास्थ्यमा भित्र्याउनका लागि प्रशासनतर्फका यति धेरै कर्मचारी फेर्ने तयारी गरेका हुन् । उनले मन्त्रालय सम्हालेको एक महिना नबित्दैं मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराई र आन्तरिक प्रशासन शाखाका उपसचिव दिपक थापाको परिवर्तन गरेका थिए ।

तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट सरुवा भएर आएका भट्टराईको ठाउँमा केशव थापालाई ल्याइएको छ । सामान्तयाः कर्मचारी दुई वर्षसम्म परिवर्तन गर्न नहुने व्यवस्था छ । तर, बस्नेतले भने होलसेलमा ‘पार्टीभित्रको आफ्नो कोर टिम’को कुरा सुन्दैं जथाभावी सरुवा गर्ने संकेत देखाएका छन् ।

‘मन्त्रालयभरि २४ जना प्रशासनका कर्मचारीको सरुवा गर्ने कुरा जोडतोडका साथ सुनिन थालेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले हेल्थआवाजसँग भने, ‘तर, हामीलाई त यसबारेमा केही जानकारी हुँदैन् । यसअघि दुई उपसचिव पनि कसरी फेरिए थाहा भएन पछि मात्रै थाहा पाएका हौं ।’ स्रोतकाअनुसार मन्त्रालयका कर्मचारी मात्रै होइन् मन्त्री बस्नेतले यसबारेमा आफ्नो सचिवालयमा पनि केही सुइको नदिएर कर्मचारी फेर्ने तयारी गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ