२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन

अस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन सबै तहका अस्पतालहरुलाई निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले संघ, प्रदेश र स्थानीय तहका सबै अस्पतालहरुलाई परिपत्र गर्दै स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुको निरिक्षणका क्रममा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाइ तथा संक्रमण हुनबाट सुरक्षित गर्न तापक्रमको व्यवस्थापनको अभाव पाइएको भन्दैं मन्त्रालयले शल्यक्रिया पश्चात तथा अन्य ठूला घाउचोट भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन, स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइ व्यवस्थित गर्न भनेको छ ।

मन्त्रालयले गर्मी बढेसँगै तराई क्षेत्रलगायतका देशका मध्य पहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, झाडापखाला, उच्च ज्वरोजस्ता रोग एवं विपदजन्य अवस्थामा बिरामीलाई तत्कालै उपचार सेवा पु¥याउन सक्ने गरी व्यवस्थापनमा गर्न समेत अस्पतालहरुलाई निर्देशन दिएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ