२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि

काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि

८ देखि ३८ वर्ष उमेर समूहका ६२ जनामा देखियो उस्तै लक्षण


काठमाडौं—काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ४ जना बिरामीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखामा प्रमुख डा. विवेकलाल कर्णकाअनुसार गोकर्णेश्वर नगरपालिका—९ स्थित जोभो कदम्पा विद्यालयका ४ जना विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

२४ जेठमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा दादुरा पुष्टि भएको हो । उनीहरु सबै कदम्पा विद्यालयका हुन् ।

विद्यालयमा ५६० जना रहेकामा ६२ जनामा उस्तै खालको लक्षण देखिएको थियो । डा. लालकाअनुसार उस्तै लक्षण देखिएकाहरुको उमेर ८ देखि ३८ वर्ष रहेको छ । जसमध्ये ९ जना बिरामी अस्पताल भर्ना भएकामा ७ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना उपचाररत रहेका छन् ।

१३ जेठमा ज्वरो र बिबरा भएका शंकास्पद दादुरा बिरामीहरु रहेको कुरा स्वास्थ्य सेवा विभागमा जानकारी आएको थियो । त्यसपछि महाशाखाले १४ जेठमा गोकर्णेश्वरको जोभो कदम्पा विद्यालयमा सक्रिय खोज पड्ताल गरेको थियो ।

त्यसको भोलिपल्ट १५ जेठमा स्थानीय आरआरटी टिम परिचालन गरेर स्थानीय अधिकारीहरुसँगै संयुक्त खोज पडतात अगाडि बढाइएको थियो । उक्त टिमले नजिकका विद्यालयमा पनि खोज पडताल गरेर शंकास्पद बिरामी भए नभएको टुंगो लगाएको थियो ।

लगतै शंकास्पद बिरामीहरुको आइसोलेसन तथा रोकथाम नियन्त्रणबारे जानकारी गराइनुका साथै बिरामीलाई भिटामिन ए खुवाइएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ