२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६ जिल्ला दादुरा संक्रमणबाट प्रभावित, १००३ दादुराका बिरामी भेटिए

१६ जिल्ला दादुरा संक्रमणबाट प्रभावित, १००३ दादुराका बिरामी भेटिए


काठमाडौं—दादुरा संक्रमणबाट १६ जिल्ला प्रभावित भएका छन् । परिवार कल्याण महाशाखाकाअनुसार शनिबारसम्म देशभरका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ ।

जसमा कोशी प्रदेशका दुई जिल्ला मोरङ र सुनसरी, मधेश प्रदेशका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका दुई जिल्ला चितवन र काठमाडौंमा दादुराको प्रकोप देखिएको छ । यसैगरी, लुम्बिनी प्रदेशका पाँच जिल्ला कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको एक जिल्ला सुर्खेत र सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, कन्चनपुर र बाजुरा दादुराका कारण प्रभावित भएका छन् ।

महाशाखाकाअनुसार यी जिल्लामा १००३ जना बिरामी भेटिएका छन् । जसमध्ये बाँकेमा १ जनाको दादुराका कारणबाट मृत्यु भएको छ ।

बाँके जिल्ला, कैलाली, सुनसरी र महोत्तरी बढी प्रभावित बालबालिकालाई दादुराको खोप लगाइएको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार यही आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट प्रभावित ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरामा दादुराको खोप अभियान संचालन गरेर १६ लाख ८१ हजार ८५१ बालबालिकालाई खोप लगाइनेछ ।

यस्तै, दादुरा देखिएको काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ मा पनि खोप अभियान सुरु गर्ने तयारी महाशाखाले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ