२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्याबिनेटमा स्वास्थ्यका एजेण्डाः अधिकांश विदेश भ्रमण स्वीकृतीमै सिमित

क्याबिनेटमा स्वास्थ्यका एजेण्डाः अधिकांश विदेश भ्रमण स्वीकृतीमै सिमित

२ महिनामा क्याबिनेटमा १२ बैठकमा स्वास्थ्यका ११ एजेण्डा पास भए । जसमा ७ विदेश भ्रमणसँग सम्बन्धि छन् ।


काठमाडौं–देश संचालनको बागडोर सम्हालेको मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का सदस्यहरुको बैठकले कस्ता निर्णयलाई प्राथमिकता दिन्छन् भन्ने हेर्न २ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित निर्णयलाई हेरे पुग्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष असारमा मन्त्रिपरिषद्मा पेश भएको स्वास्थ्य क्षेत्र रणनीति, २०२३–०३० अघिल्लो महिनामात्र पास भयो । छ महिना अघि पेश भएको स्वास्थ्य वित्त रणनीति अझै पास भएको छैन । वर्षौदेखि क्याबिनेट पुगेर फर्किएका एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान मस्यौदा, एमडिए मस्यौदालगायत नीतिगत कामहरु अझै अलपत्र छन् ।

स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि बनाइने यस्ता नीति, नियम, निर्देशिका, नियमावली पास हुन वर्षौ लाग्ने गरेका दृष्टान्त छन् । कतिपय त्यस्ता विषयमा छलफलसमेत हुँदैन् । तर, सरकारका मन्त्री, सचिव तथा उच्च पदाधिकारीहरुका विदेश भ्रमण भने मन्त्रिपरिषद्बाट तत्कालै स्वीकृत हुने गर्छन् ।

हेल्थआवाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको पछिल्ला दुई महिनाका मन्त्रिपरिषदका निर्णय हेर्दा स्वास्थ्यतर्फका नीतिगत कामभन्दा विदेश भ्रमण स्वीकृती नै बढी गरेको देखिन्छ । फागुन र चैत्र महिनामा मन्त्रिपरिषद्का १२ वटा बैठक बसेका थिए ।

ती १२ वटा बैठकमध्ये ८ वटा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ११ वटा विषय स्वीकृत भएका छन् । ११ वटा निर्णयमा ७ वटा भने मन्त्री, सचिव तथा अतिरिक्त सचिवको विदेश भ्रमण स्वीकृती सम्बन्धि छन् । अन्य चार निर्णयमा दुई वटा ११ औं तह बढुवा र पदस्थापना गर्ने र दुई वटा विभिन्न निकायमा राजनीतिक नियुक्त छन् ।

यी दुई महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री एक पटक, स्वास्थ्य सचिव एक पटक, प्रशासन तथा जनसंख्या सचिव एक पटक विदेश जाने एजेण्डा स्वीकृत भएको छ । त्यसैगरी चार वटा विदेश भ्रमणका लागि अतिरिक्त सचिवलाई स्वीकृती दिइएको छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको विदेश भ्रमणमा तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड गएका थिए । स्वास्थ्यसचिव डा. रोशन पोखरेल अफ्रिका गएका थिए भने प्रशासन सचिव देवकुमारी गुरागाईं अमेरिका भ्रमणमा गएकी थिइन् । अतिरिक्त सचिवका ४ वटा भ्रमण स्वीकृत भएका छन् । जसमा २ वटा क्रमसः बेलायत र अमेरिका छन् भने २ वटा कुन देशका लागि हो खुलेको छैन ।

फागुन र चैत्रमा क्याबिनेटबाट पास भएका स्वास्थ्यका एजेण्डाहरु
४ फागुन
-५ औं ग्लोवल मिनिस्ट्रीरियल सवमिट अन प्यासेन्ट सेफ्टीका लागि स्वास्थ्यमन्त्रीको भ्रमण स्वीटजरल्याण्ड भ्रमण स्वीकृती दिने ।
-२७ जनाको ११ औं तहमा बढुवा तथा पदस्थापन

११ फागुन
-२ जनाको एघारौं तहमा बढुवा तथा पदस्थापन

१५ फागुन
-दक्षिण अफ्रिकामा हुने इन्टरनेशनल मेटर्नल न्यूवर्न हेल्थ कन्फ्ररेन्समा सहभागिताका लागि स्वास्थ्य सचिवलाई भ्रमण स्वीकृती दिने ।

१९ फागुन
केही छैन

२५ फागुन
केही छैन

३० फागुन
-ग्लोवल प्लेटफर्म फर एक्सीस चाइल्डहुड क्यान्सर मेडिसिनमा सहभागिताका लागि प्रशासन सचिवको अमेरिका भ्रमण स्वीकृती दिने ।
-युएस प्रेसिडेन्ट इमर्जेन्सी प्लान फर एड्स रिफी एसिया रिजनल अपरेसनल प्लान २०२३ मा सहभागिताको लागि अतिरिक्त स्वास्थ्य सचिवको भ्रमण स्वीकृती
-ग्लोवल कन्फ्ररेन्स अन डिजिटल हेल्थ मा स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई सहभागिताका लागि स्वीकृती दिने

६ चैत्र केही छैन

१० चैत्र
-युएन एड्स वर्कसपमा भाग लिन अतिरिक्त स्वास्थ्य सचिवलाई स्वीकृती दिने ।

१४ चैत्र
-भेरी अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको समायोजन संशोधन गर्ने ।

२० चैत्र

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा विजयराज न्यौपाने नियुक्त गर्ने

२४ चैत्र केही छैन

२८ चैत्र
-बेलायतमा हुने वर्किङ टुगेदर टु प्रमोट कम्प्रीहेन्सीभ युनिभर्सल सेक्सुअल एण्ड रिप्रडक्टीभ हेल्थ एण्ड राइट्स कार्यक्रमका लागि अतिरिक्त स्वास्थ्य सचिवको भ्रमण स्वीकृती दिने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ