२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द


काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालले तोडफोडमा संलग्न व्यक्तिलाई कारवाही नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

२८ जेठमा उपचारका लागि भर्ना भएका ७१ वर्षीय सुवर्णकुमार धितालको ३० जेठमा उपचारका क्रममा बिरामिकाे विषयमा जानकारी नदिएकाे भन्दै  उनका आफन्तले हुलइज्जत गरेर अस्पताल तोडफोड गरेको अस्पतालले जनाएको छ ।

आक्रोशित बिरामीका आफन्तले तोडफोडसँगै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप अस्पताल प्रशासनको छ ।

‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपिट गर्ने, अप्रिय शब्दहरु प्रयोग गरी अस्पताल सुचारु हुन नदिने र शान्ति सुरक्षामा बाधा परेका कारण नियमित अस्पताल सेवा संचालन हुन नसक्ने अवस्था छ,’ अस्पतालले भनेको छ, ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।’

२८ जेठमा पित्तथैलीको शल्यक्रिया गर्नका लागि भर्ना भएका धितालको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकहरुले आफूहरुलाई बिरामीको अवस्था जानकारी नगराएको भन्दैं मंगलबार बिरामीका आफन्तले अस्पतालमा आन्दोलन र तोडफोड गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ