२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी रेडियोग्राफी संघ नेपालमा नयाँ कार्यसमिति

सरकारी रेडियोग्राफी संघ नेपालमा नयाँ कार्यसमिति


काठमाडौं—सरकारी रेडियोग्राफी संघ नेपाल (गोरान)को पहिलो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले दामोदर रोक्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

गोरानको वरिष्ठ उपाध्यक्षमा सरोज क्षेत्री, महिला उपाध्यक्षमा श्वेता जोशी, महासचिवमा प्रकाश तिमिल्सिना चयन भएका छन् । यस्तै, उपमहासचिवमा भीम थापा (अरुण) र कोषाध्यक्षमा राकेशकुमार कर्ण छानिएका छन् ।

सचिवहरुमा बागमतीमा सम्भव ढकाल, गण्डकीमा कृष्ण ढकाल, लुम्बिनीमा सुविन्द्र अर्याल, कर्णालीमा रेखा शर्मा चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा महेश कार्की, विशाल गिरी, कल्पना सुवेदी, सीमा दीक्षित र सुजन पौडेल चयन भएका छन् । साधारणसभाले बाँकी रहेका पदाधिकारी तथा सदस्यहरु चयन गर्ने अधिकार कार्यसमितिलाई दिएको नवनिर्वाचित अध्यक्ष रोक्काले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ