काठमाडौं—उपचार गराउन चीन पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् । शुक्रबार पूर्व अर्थमन्त्रीसमेत रहेका पुन ४ महिना लामो उपचारपछि स्वदेश फर्किएका हुन् ।
उनी चिनियाँ सहर छेन्दुबाट श्रीमती ओनसरी घर्तिसँगै स्वदेश फर्किएका हुन् । पुनलाई स्वागत गर्नका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलगायतका माओवादी नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
पुन लामो समय बंशाणुगत जण्डिसबाट पीडित छन् । यसअघि पनि उनी चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपचार गरेर फर्किएका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा उनी पुनः सेनजेन पुगेका थिए ।
चीन जाँदा उनको शरीरमा बिलुरुबिनको मात्रा निकै बढेको थियो । तर, फर्किदा बिलुरुबिनको मात्रा १.५ मा झरेको छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यप बिलरुबिनको सामान्य मात्रा १ सम्मलाई मानिन्छ । ‘बिलरुबिनको सामान्यतयाः १ सम्मलाई सामान्य मानिन्छ,’ उनी भन्छन् ।