२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ जना दादुरा बिरामी

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ जना दादुरा बिरामी


काठमाडौं—दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन् । परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा दादुरा ९ जना दादुराका शंकास्पद बिरामी भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ३२ जेठमा ४ जनामा बिरामीमा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । उनीहरुको उमेर ६ महिनादेखि ३७ वर्षसम्म रहेको छ ।

यसअघि यही आर्थिक वर्षमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिइसकेको छ ।

महाशाखाकाअनुसार हालसम्म कुल १०२१ दादुराका बिरामी भेटिएका छन् र बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ। प्रकोप प्रभावित जिल्लाहरूमा हालसम्म २ लाख १५ हजार ०५४ जनालाइ दादुराको खोप लगाइएको महाशाखाले जनाएको छ ।

परिवार कल्याण महाशाखाले चालु आर्थिक वर्षभित्र भित्र दादुरा प्रकोपबाट अति प्रभावित ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा दादुरा खोप अभियान संचालन गरेर १६ लाख ८१ हजार ८५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ