२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैदीबन्दीहरुका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

कैदीबन्दीहरुका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर


काठमाडौं—कारागारहरुमा रहेका कैदी/बन्दीहरुका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । २८ जेठदेखि सुरु भएको शिविरमा ४ हजार बढीले सेवा लिएको केन्द्रीय कारागार अस्पतालमा प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

५ सय बढी महिला बन्दी सुधार गृहमा,६ सय ५८ बढी भद्र बन्दी सुधार गृहमा, १ हजार २ सय बढी केन्द्रिय सुधार गृह जगन्नाथदेवलमा र डिल्लीबजार सुधारगृहमा ७ सय बढी तथा संलग्न कर्मचारी र स्वास्थ्यकर्मी गरी ४ हजार बढीलाई सेवा प्रदान भइसकेको उनले बताए ।

अस्पतालका प्रमुख डा. बुढाथोकीकाअनुसार अन्य कारागारसमेत क्रमसः विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गर्ने कार्यक्रम छ । शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग विशेषज्ञहरु, मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञहरु, ट्रमा सेन्टरका हाड जोर्नी विशेषज्ञहरु र वीर अस्पतालका छाती रोग विशेषज्ञ, इन्डोक्राइनोलोजिष्ट, छाला रोग विशेषज्ञहरु तथा केन्द्रिय कारागार अस्पतालका विशेषज्ञ र चिकित्सकहरुले सेवा दिएका थिए । सेवा प्रदान गर्न चिकित्सकसँगै, ल्याब, नर्सिङ स्टाफ, पारामेडिक्सलगायतका झण्डै ३ सय जना स्वास्थ्यकर्मीहरु परिचालित थिए ।

केन्द्रीय कारागार अस्पताल, स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा भएको शिविरमा क्षय रोग, एचआईभी/एडस, रक्तचाप, सुगरलगायत भाइटलसहरुको स्क्रिनिङ पनि गरिएको थियो ।

कारागारहरुमा रहेका कैदी/बन्दीहरुको स्वास्थ्यको अवस्था पत्ता लगाउन, कैदी÷वन्दीहरुको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न,कैदी÷बन्दीहरु रहेकै स्थानवाट आधारभूत तथा अत्यावश्यकका साथै अतिरिक्त विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा. बुढाथोकीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ