२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमालेले भन्यो, ‘तलब भत्ता नपाएका स्वास्थ्यकर्मीको समस्या तत्काल समाधान गर’

एमालेले भन्यो, ‘तलब भत्ता नपाएका स्वास्थ्यकर्मीको समस्या तत्काल समाधान गर’


काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समायोजनका कारण नियमित तलब भत्ता नपाएका स्वास्थ्यकर्मीलाई तत्काल तलब भत्ता व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतलाई एमालेले ११ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । सो ज्ञापनपत्रमा फाजिल रहेका, समायोजन नमिलेका सबै स्वास्थ्यकर्मीलाई रिक्त स्थानमा पुनः मिलाई काम गर्ने वातावरण बनाउन समेत आग्रह गरेको छ ।

उसले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको विदेश पलायन रोक्न तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने, स्वास्थ्य सेवा ऐन र जनस्वास्थ्य सेवा ऐनको पूर्ण कार्यन्वय गरिनुपर्ने, सरुवा बढुवामा राजनीतिक पूर्वाग्रह नराख्न समेत चेतावनी दिएको छ ।

एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, सचिव महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यकर्मी महासंध नेपालका अध्यक्ष डा. झलक शर्मा गौतमलगायतका विभागका सदस्यहरुको टोली स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री बस्नेतलाई भेटेको थियो ।

पछिल्लो समय देशका विभिन्न स्थानीय तहका कार्यरत स्वास्थ्यकर्मीहरुले नियमित तलब पाउन सकेका छैनन् । कतिपय स्थानीयका तहका स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब भत्ता नपाएर काम गरिरहेका छन् । जसका कारण ठाउँ—ठाउँमा उनीहरु आन्दोलनमा उत्रनु परेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ