२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति पौडेलको मुटुमा पेशमेकर राखियो

राष्ट्रपति पौडेलको मुटुमा पेशमेकर राखियो


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेशमेकर राखिएको छ । मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपतिको मुटुमा पेशमेकर राखिएको हो ।

‘हामीले उहाँको लगातार ७२ घण्टाको इसिजी मनिटरिङ गरेका थियौं,’ सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले भने, ‘त्यसमा मुटुको चाल कम पाइएपछि हामीले राष्ट्रपतिको मुटुमा पेशमेकर राख्ने निर्णय गरेका हौं ।’

चिकित्सकहरुले केहीबेरअघि मात्रै राष्ट्रपति पौडेलको मुटुमा पेशमेकर राखेर सकेका हुन् । पेशमेकर राखेर उनलाई अहिले इसिजी मनिटरिङ वार्डमा सारिएको छ । राष्ट्रपतिको मुटुमा स्थायी पेशमेकर राखिएको डा. गजुरेलले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल तीन दिनदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

मुटु रोगका बिरामीको उपचारमा प्रयोग हुने पेशमेकर बिरामीको मुटुको चाललाई नियन्त्रण गर्न प्रयोग हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ