२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ पशुचिकित्सक डा. बोहरालाई अन्तर्राष्ट्रिय एवार्ड

वरिष्ठ पशुचिकित्सक डा. बोहरालाई अन्तर्राष्ट्रिय एवार्ड


काठमाडौं—वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहराले अन्तर्राष्ट्रियस्तरको एभरेष्ट क्लाइमेट एक्सन एवार्ड, २०२३ पाएका छन् । मंगलबार काठमाडौंमा भएको साउथ एसियन क्लाइमेट एक्सन कन्फ्रेन्स, २०२३ मा डा. बोहरालाई उपराष्ट्रपति रामसहायक यादवले उक्त एवार्ड प्रदान गरेका हुन् ।

युवा तथा खेलकूद मन्त्रालयको आयोजना र युथ डेपलपमेन्ट सेन्टर एवं राष्ट्रिय युवा परिषद्को सह-आयोजनामा उक्त सम्मेलन भएको थियो । एवार्ड प्राप्त गरेका डा. बोहराको स्थायी घर डडेल्धुराको अमरगढी हो ।

लामो समयदेखि जलवायुमैत्री कृषि तथा पशुपन्छी पालन र जनस्वास्थ्य प्रवर्द्धन अभियानमार्फत नेपाललाई जलवायु अनुकूलित बनाउन विशिष्ट योगदान तथा अभियानको नेतृत्व गरेको भन्दैं उनलाई उक्त एवार्डले सम्मानित गरिएको हो। एक दशकदेखि उनी पश्चिम नेपालमा कृषि तथा पशुपन्छी क्षेत्रमा जलवायु परिवर्तनको सवाल तथा असरलगायतका विषयमा काम गरिरहेका छन् ।

सम्मेलनमा सहभागी, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका ६९ जना र नेपालबाट २४ जना युवाहरुमध्येबाट डा. तपेन्द्रले उक्त एवार्ड पाएका हुन् । सहभागीमध्ये उक्त एवार्ड अन्य २० सार्कस्तरीय संघसंस्था तथा व्यक्तिहरुलाई पनि प्रदान गरिएको थियो ।

डा. तपेन्द्रले स्वदेश तथा विदेशमा गरी १२ भन्दा बढी जर्नलहरुमा अनुसन्धानात्मक शोधपत्रहरु प्रकाशन गरेका छन। उनले न्युजिल्याण्ड सरकारको पूर्ण छात्रवृतिमा न्युजिल्याण्ड मेस्से विश्वविधालयवाट इपिडेमियोलोजी विषयमा स्नातकोत्तर गरेका छन ।

धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला कार्यरत रहँदा उनले सुदूरपश्चिममा कोभिड-१९ को प्रयोगशाला परीक्षण गर्न भेटेरिनरी प्रयोगशालामा मानव नमुना परिक्षणको व्यव्स्थापनसमेत भूमिका खेलेका थिए ।

उनी नेपाल भेटेरिनरी एशोसिएसनका पूर्व सचिवसमेत हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ