२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

न्याम्सको उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । ६ असारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपति नियुक्त भएका बस्नेत यसअघि न्याम्सको निमित्त उपकुलपति थिए । ‘भर्खरै मैले मन्त्रालयबाट उपकुलपति नियुक्त भएको पत्र बुझेर आए,’ डा. बस्नेतले भने, ‘६ गते नियुक्तिको निर्णय भएको रहेछ ।

३० फागुन २०७९ मा तत्कालीन उपकुलपति डा. डिएन शाहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति रिक्त रहेको थियो । प्रधानमन्त्री दाहालले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा तीन सदस्सीय उपकुलपति सिफारिस समिति गठन गरेका थिए ।

उक्त समितिले उपकुलपतिका लागि आवेदन माग गरेको थियो । जसमा डा. बस्नेतसहित ११ जना चिकित्सकहरुले आवेदन दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ