२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछाता ऐनमा नराखेर विपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुपर्छ : सरोकारवाला

छाता ऐनमा नराखेर विपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुपर्छ : सरोकारवाला


काठमाडौं—चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थानको मोडलमा स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पूर्ण विश्वविद्यालय बनाउनुपर्ने सरोकारवाहरुले माग गरेका छन् । बिहीबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले काठमाडौंमा गरेको अन्तक्रियामा सरोकारवाला तथा प्रतिष्ठानका पूर्व उपकुलपतिहरुले विपीलाई पूर्ण विश्वविधालय बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरी ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनु पर्ने मत उनीहरुको छ । प्रतिष्ठानको स्थापना नै चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भएकोले यसलाई छाता ऐनभित्र राख्न नहुने प्रतिष्ठानका पूर्व उपकुलपति तथा कांग्रेस नेता प्रा.डा शेखर कोइरालाले बताए ।

‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्वविद्यालय बनाउने उद्देश्य थियो’ प्रा.डा. कोइरालाले भने, ‘प्रतिष्ठान भारतको एम्सको मोडलमा स्थापना भएको हो । यो अन्य प्रतिष्ठानभन्दा फरक विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउनुपर्छ ।’

धरान या कोशी प्रदेशको लागि मात्र नभएर देशकै लागि प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक रहेको डा. कोइरालाले बताए । ‘छाता ऐनमा विपी प्रतिष्ठानमा लादा देशलाई नै घाटा हुन्छ । यसको विशिष्ट पहिचान छ । यो अन्य प्रतिष्ठानभन्दा विल्कुलै फरक छ ।’ चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठानमाथि आक्रमण भएको बताउँदैं उनले चिकित्सा शिक्षा आयोेगले आफूलाई सुपेरियर हिरो ठान्ने गरेको उल्लेख गरे ।

पूर्व उपकुलपति प्रा. डा. लोकविक्रम थापाले अध्ययन अनुसन्धान, सेवासमेत अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनुपर्नेमा तल झारेर छाता ऐनमा लैजानु गलत भएको बताए । उनले नेपालमा भएका अन्य विश्वविद्यालयभन्दा फरक विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउने उद्देश्यले विपीको स्थापना गरिएको बताउँदै चिकित्सा शिक्षाका उच्च तहसम्मको अध्ययन हुँदै आएको प्रतिष्ठानले नेपालमा कुनै पनि स्वास्थ्य समस्या समाधान गर्न सामथ्र्य राख्ने बताए ।

प्रतिष्ठानका पूर्व निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजनाअनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए । उपाध्यायले सरकारले ल्याउने तयारी गरेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आफू अचम्मित भएको बताए । ‘नेपालका दल र नेताहहरुको अर्कमण्यताको कारण प्रतिष्ठानलाई छाना ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पु¥याउन लागिएको हो,’ उनले भने, ‘प्रतिष्ठानलाई यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुँदैन् । यसलाई भारतको एम्सजस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनुपर्छ ।’

पूर्वमन्त्री मीन विकले काठमाडौंका वरिष्ठ चिकित्सकहरुलाई धरान टाढा भएकोले उनीहरुले उपत्यका बाहिर भएको विश्वविद्यालय सरहको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन बाधा पु¥याइरहेको आरोप लगाए । ‘प्रतिष्ठानसँग विश्वविद्यालय बन्न सबैथोक भएकोले प्रक्रिया पु¥याएर रचनात्मक दबाब दिदैं सबै क्षेत्रबाट एक भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

कोशी प्रदेशको मात्र नभई देशकै गहना भएकोले प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनुपर्ने कोशी प्रदेश संसद मिना श्रेष्ठले बताइन । प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन कोशी प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो ।

धरानको भाग्य र भविष्यसँग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लैजान नदिने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेयाङ्वाले बताए । प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुको साटो राज्यले अस्पतालको रुपमा मात्र खुम्चयाउन खोजेकोले आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।

उनले समितिले कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा सहकुलपति रहेका स्वास्थ्यमन्त्रीलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने जानकारी दिए । प्रतिष्ठानले वार्षिक ५ लाखभन्दा धेरै बिरामीको उपचार गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ