२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ करोड ३० लाखभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दैं जनस्वास्थ्य निरिक्षक कौशलेन्द्र विरुद्ध भ्रष्टाचार मुद्धा

१ करोड ३० लाखभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दैं जनस्वास्थ्य निरिक्षक कौशलेन्द्र विरुद्ध भ्रष्टाचार मुद्धा


काठमाडौं—भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको आरोपमा जनस्वास्थ्य निरिक्षक कौशलेन्द्र मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । मंगलबार अख्तियारले सर्लाहीको बलरा नगरपालिकामा कार्यरत मिश्रले १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दैं विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

मिश्र ८ असार २०५७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । २६ कात्तिक २०७८ सम्म उनले सरकारी तलब बचत, अन्य विभिन्न भत्ता, विभिन्न बैंक तथा वित्तिय संस्था तथा व्यक्ति लिएको ऋण, घरजगा बिक्रीवापत रकम, अंशवण्डाबाट प्राप्त, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय र विमाबाट गरी १ करोड ४५ लाख ८ सय ५ रपैयाँ ४३ पैसा आम्दानी गरेका थिए ।

मिश्रले यो अवधिमा जग्गा खरिद, घर निर्माण, शैक्षिक खर्च, ऋणको सावाँ ब्याज भुक्तानी, सवारी खरिद, शेयर खरिद र व्यवसायमा समेत लगानी गरेर २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

व्ययको तुलनामा उनले प्राप्त गरेको रकम १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न सकेन् । अख्तियारले सार्वजनिक सेवाको पदमा बहाल रहँदा सातौं तहका जनस्वास्थ्य निरिक्षक रहेका मिश्रले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन गएको दावी गरेको छ ।

उसले मिश्रलबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दैं १ करोड ३० लाख ४५ हजार ७६० रूपैयाँ २९ पैसा विगो भराउन समेत माग गरेको छ । साथै, उनलार्य भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय पनि माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ