२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपन्नका लागि सरकारी अस्पतालमा २ हजार ८ सय शैय्या निःशुल्क

विपन्नका लागि सरकारी अस्पतालमा २ हजार ८ सय शैय्या निःशुल्क


काठमाडौं —सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्न २ हजार ८ सय पुगेको छ । उपत्यकाका गंगालाल हृदय रोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैय्या निःशुल्क गरेसँगै २ हजार ८ सय शैय्यामा सर्वसाधारणले निःशुल्क उपचार गर्न पाउनेछन् ।

बुधबारदेखि कान्ति बाल अस्पतालले ६० शैय्या, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४ सय ५० शैय्या, ट्रमा सेन्टरले १५० शैय्या र शहीद गंगालाल हृदय रोग केन्द्रले ९० शैय्या निःशुल्क गर्ने निर्णय गरेका छन् । अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैय्याको संख्या २ हजार २८ पुगेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निजी सचिवालयले जनाएको छ ।

वीर अस्पतालले ७०० शैय्या र कोशी अस्पतालले ३३० शैय्या विपन्नका लागि निःशुल्क यसअघि नै छुट्याइसकेका छन् । स्वास्थ्य मन्त्री बस्नेतले विस्तारै देशभरिका केन्द्रीय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैय्या थप्दै जाने बताए।

शैय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्ने केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ